चलचित्रका नयाँ गीतहरू किन बनिरहेका छन् निष्प्रभ?

  नेपाली सन्देश डट कम | १ श्रावण २०८२, बिहीबार १७:१८

काठमाडौं । नेपालमा बिगतमा सबै भन्दा बढी चल्ने गीतमा चलचित्रका गीत पर्थे । तर अहिले त्यो अबस्था रहेन । पछिल्लो समय नेपाली चलचित्रको सबैभन्दा बढी गीत रिलिज गर्ने डिजिटल कम्पनीमा ओएसआर डिजिटल कम्पनी पर्छ । तर विगतको जस्तो आजकाल नेपाली चलचित्रका गीतहरू चल्न छाडेको यस कम्पनीका सञ्चालकहरू बताउँछन् ।

ओएसआर डिजिटल कम्पनी तथा युट्युब च्यानलका निर्देशक रुपेन्द्र खड्गीले विगत तीन महिना यता आफ्नो डिजिटल कम्पनीबाट सार्वजनिक गरिएका कुनै पनि चलचित्रको गीत हिट हुन नसकेको बताएका छन् ।

‘केही समय अघिसम्म चलचित्रको गीत युट्युबमा राख्न साथ रातारात युट्युब ट्रेन्डिङमा पर्ने गथ्र्यो । तर पछिल्लो तीन महिनामा हामीले सार्वजनिक गरेका एक दर्जन भन्दा बढी चलचित्रका कुनै पनि गीतहरू हिट भएका छैनन्’, आफू स्वयम् गायक समेत रहेको निर्देशक खड्गी पछिल्लो समय चलचित्रमा राम्रा गीतहरू आउन छाडेका कारण पनि चलचित्र गीत नचलेको बताए ।

हुन पनि २०८२ साल लागे यता यो तीन महिनामा एक दर्जन नेपाली चलचित्र रिलिज भए । यो एक दर्जन सहित रिलिजको संघारमा रहेका अरु आधा दर्जन चलचित्रका गीतहरु पनि यति बेला बजारमा आएका छन् । तर यो वर्षको चलचित्र ऊनको स्विटरको गीत मात्र हिट भयो । बाँकी कुनै पनि चलचित्रका गीतहरू अहिलेसम्म चलेका छैनन् ।

चलचित्र ऊनको स्विटरको भने चार वटै गीतहरू लोकप्रिय भए । यो चलचित्रका चार वटै गीतले एक करोड भन्दा बढी भ्युज युट्युबमा प्राप्त गरे । यसका सबै गीत हिट हुनुको पछाडि आफूहरूले गीतमा गरेको निकै ठुलो मेहनत नै मुख्य करण रहेको यसका निर्देशक नवीन चौहानले बताएका छन् । यो चलचित्रको लागि कथा अनुसारको गीत बनाइएको थियो । चलचित्र हेर्दा दर्शकले चलचित्रको कथामा गीतको अमिट सम्बन्ध पाउँथे । सोही कारण गीतसँगै चलचित्र पनि सफल भएको नवीनको दाबी छ ।

चलचित्र ऊनको स्विटरमा रहेको लोकप्रिय गीत काफ्ले…लाई झुमा लिम्बुले संगीत दिनुका साथै सुजन चापागाईँसँग उनी आफैँले गाएकी हुन् । आफूले तयार गरेको गीतलाई चलचित्रको कथामा मिल्ने गरी पुन शब्दहरू परिवर्तन गरेर तयार पारेको झुमाले बताएकी छिन् । चलचित्रको कथा अनुसारको यो गीतको शब्दहरू परिमार्जन गरेर रेकर्ड गरेका कारण यो निकै चलेको पनि झुमाको भनाई छ । उनले चलचित्रको गीत’bout भनिन्,‘कुनै पनि गीत त्यो चलचित्रको कथासँग सम्बन्धित भयो भने दर्शकको लागि गीत अझ जीवन्त सावित हुन्छ । चलचित्र ऊनको स्विटरमा काफ्ले गीत पनि कथाको माग अनुसार तयार भएकाले यो गीत अझ बढी सान्दर्भिक भएको हो ।’

संगीतकार दीपक शर्माको पनि पछिल्लो तीन महिनामा दुई वटा चलचित्रमा गीत आइसकेको छ । चलचित्र यो मन त मेरो नेपाली हो र अर्को चलचित्र माग्ने राजामा उनको संगीतको गीत दर्शकमाझ आएको हो । तर दुवै चलचित्रका गीतले बजारमा सोचेको जस्तो चर्चा पाउन सकेन । विगतको तुलनामा आजकाल चलचित्रको गीत चल्न छाडेकोमा उनी पनि स्विकार्छन् । पछिल्लो समय नेपाल चलचित्रमा विगतको जस्तो कथा अनुसारको गीत बनाउन छाडिएको संगीतकार दीपक शर्माले राजधानीसँग भने,‘आजकाल त निर्माता निर्देशकले तयारी गीत माग्नु हुन्छ । यस्ता तयारी गीत मन प-यो भने चलचित्रमा राख्नु हुन्छ ,’ सोही कारण पनि आजकाल चलचित्रको कथा अनुसारको गीत हुन छाडेको पनि उनले प्रकाश पारे ।

अर्का संगीतकार ओम सुनार पनि पछिल्लो समय चलचित्रमा राम्रो गीत आउनै छाडेको बताउँछन् । एक दर्जन भन्दा बढी चलचित्रमा संगीत गरिसकेका सुनारको पनि यो तीन महिनामा एउटा चलचित्रको गीत बजारमा आयो । उनको संगीत र स्वरसँगै समीक्षा अधिकारीको पनि स्वर रहेको चलचित्र ‘‘रङ डिसिजन २’’को कटक्कै मन खान्छ गीत राम्रो भएर पनि युट्युब ट्रेन्डिङमा पर्न सकेन । विगतको जस्तो आजकाल दर्शकले चलचित्रको गीत मन पराउन छाडेको संगीतकार तथा गायक ओमले बताए । आजकाल चलचित्रको कथाको माग भन्दा पनि चलचित्रको प्रचार प्रसारको लागि गीत राख्ने क्रम बढेको पनि संगीतकार ओमले दाबी गरे । निर्माताहरूले चलचित्रको गीतमा विगतको जस्तो पर्याप्त लगानी गर्न छाडेका कारण पनि चलचित्रको गीत गुणस्तरीयको साटो काम चलाउ मात्र हुन थलेको पनि ओमले बताए ।

चलचित्रको गीत चल्न छाडेको कारण’bout राजधानीसँग संगीतकार ओम सुनारले भने,‘आजकाल चलचित्रको भन्दा गैह्र चलचित्रका गीतहरू राम्रो बनाउन थालिएको छ । अर्को तर्फ चलचित्रको कथा अनुसारको गीत बनाउन छाडेर संगीतकारसँग रेडिमेड गीतहरू मागेर चलचित्रमा राख्ने क्रम बढेकाले पनि चलचित्र गीत प्रभावशाली हुन छाडेका हुन् ।’

यति बेला नयाँ चलचित्रको स्क्रिप्ट लेखिरहेका निर्देशक उदय सुब्बालाई केही संगीतकारहरुले आफ्नो गीत चलचित्रमा राखिदिनुस् भनेर तयारी गीतहरू पटाइसकेका छन् । चलचित्रमा नयाँ गीत लेखाउने तयारीमा रहेको निर्देशक उदयले राजधानीसँग भने,‘गुरु, मेरो गीत चलचित्रमा राखी दिनु होला, बरु रेकर्ड खर्च पनि मै बेहोर्छु भनेर केही संगीतकारहरुले गीत पठाउँछन् । संगीतकारहरुले पनि सित्तैँमा गीत राखिदिनुस् भनेर तयारी गीत पठाउन थालेपछि निर्माताहरुले किन महँगो लगानी गरेर राम्रो गीत बनाउँछन् र ?’, त्यसैले रेडिमेड गीत चलचित्रमा राख्ने होडबाजीले आजकाल नेपाली चलचित्रको गीतहरू खस्किन थालेको पनि निर्देशक उदय सुब्बाले बताए ।

प्रतिक्रिया

Selected poll is not defined.