धादिङको रुबिभ्याली पुरुमा सडक खन्ने क्रममा पहिरो,डोजरसहित ३ जना बेपत्ता

  नेपाली सन्देश डट कम | २९ पुष २०७८, बिहीबार ०५:३६

उत्तरी धादिङको रुबिभ्याली पुरुमा पहिरोले डोजरसहित ३ जना पुरिएका छन् ।

सडक खन्दै गरेको बेला माथीबाट खसेको पहिरोले डोजर चालक ,सहचालक र एक स्थानीय पुरिएका हुन् । अहिले पनि पहिरो खस्नेक्रम नरोकिएकोले उद्दार गर्न कठिक भएको स्थानीयले जानकारी दिएका छन्।

रुबिभ्याली को पुरुबाट लिङ्जो जाने सडकको नयाँ ट्रयाक खोल्ने क्रममा पहिरो खसेको हो ।घटना बारे थप बिवरण भने आउन बाकी रहेको  जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?