पूर्णिमाको सहयोगमा निर्मित बेनिघाटको नमुना बिद्यालय सुर्योदय आबि उद्घाटन तथा हस्तान्तरण

  नेपाली सन्देश डट कम | २१ पुष २०७८, बुधबार ०७:३५

धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं.८ भुवाभञ्ज्याङमा रहेको सुर्योदय आधारभूत विद्यालयको ६ कोठाको दुई तल्ले आरसिसि भवन उद्घाटन तथा हस्तान्तरण भएको छ।पूर्णिमा कार्यक्रमको सहयोगमा निमार्ण भएको बेनिघाटको नमुना विद्यालय:सूर्योदय आधारभूत विद्यालयको मंगलबार गाउँपालिका अध्यक्ष पित्त बहादुर डल्लाकोटि ‘हरि’द्वारा उद्घाटन भएको हो। गाउँपालिका अध्यक्ष पित्त बहादुर डल्लाकोटिद्वारा चावि व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको थियोे।

बेलायत सरकारको सहयोगमा मट म्याकडाेनाल्ड द्वारा कार्यान्वयन भएको पाँच बर्षे भुकम्प पश्चात्को पूर्नलाभ कार्यक्रम अन्तर्गत नमुना विद्यालय निर्माण गरेको पूर्णिमा कार्यक्रमका बरिस्ठ पुर्वाधार प्रबन्धक गुणराज श्रेष्ठले बताउनुभयो।नमुना भवन भए सङ्गै शैक्षिक गतिविधि पनि नमुना भए मात्र यहाँका अभिभावक र विद्यार्थी लाभान्वित हुने उहाँको भनाइ छ।

प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष पित्त बहादुर डल्लाकोटिले भवनको उद्घाटन गर्ने क्रममा आरसिसि ६ कोठे भवन सहित,छात्रामैत्री,बाल मैत्री शौचालय,बाल मैत्री खानेपानी धारा,बाल उधान र आवश्यक फर्निचर र खेल सामाग्री सहयोग गरेकोमा पूर्णिमा कार्यक्रमलाई धन्यवाद दिनुभयो।र अब यसको संरक्षण र उपलब्धि मुलक शिक्षा दिने काम विद्यालय र स्थानीय तहको रहेको बताएका छन् ।

पूर्णिमाले भवन निमार्ण संगै विद्यालय व्यवस्थापन समिति,शिक्षक र विद्यार्थीलाई तालिम पनि दिएको छ।स्थानीय तह र समुदायको सहभागीतामा भवनको प्राबिधिक डिजाइन र सुपरिवेक्षण कार्यान्वयन भने सप्रोस नेपालले गरेको थियोे ।

मन्तव्य राख्ने क्रममा बेनिघाट रोराङ गाउँपालिका उपाध्यक्ष देवीप्रसाद सिलवालले भवन निमार्ण गर्ने संस्था पूर्णिमा लाई धन्यवाद दिदै अब गाउँपालिकाले गर्ने सबै सहयोग गर्ने बताउनुभयो।

शिक्षा अधिकृत बोधप्रसाद पाठकले भन्नुभयो भवन निमार्ण हुनु राम्रो पक्ष हो।यश अर्थमा हामीले संस्थालाई सम्मान गर्नुपर्छ।अब गुणस्तरीय शिक्षा दिन हामी लाग्नुपर्छ।एक करोड अठहत्तर लाख लगाएर विद्यालय संगै सम्पुर्ण संरचना निमार्ण गरेकोमा विद्यालयले पूर्णिमा कार्यक्रमलाई धन्यवाद दिदै मायाको चिनो प्रदान गरेको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?