लण्डन जाँदै गरेको जहाज भारतको अहमदाबादमा दुर्घटना

  नेपाली सन्देश डट कम | २९ जेष्ठ २०८२, बिहीबार १५:२५

भारतको गुजरातस्थित अहमदाबादमा बिहीबार एक विमान दुर्घटना भएको छ ।

२४२ यात्रु बोकेर लण्डन जाँदै गरेको एअर इण्डियाको विमान टेकअफकै क्रममा दुर्घटनाग्रस्त भएको प्रेस ट्रस्ट अफ डन्डियाले जनाएको छ ।

दुर्घटना अहमदाबादको मेघानी क्षेत्रनजिकै भएको हो । टेकअफका क्रममा विमानको पछिल्लो भाग रनवेछेउको रुखमा ठोक्किँदा सन्तुलन गुमाएर विमान दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार एअर इण्डियाको फ्लाइट नम्बर १७१ विमानमा २३० यात्रु, २ पाइलट र १० जना क्रु मेम्बर थिए ।

दुर्घटनापछि आकाशमा बाक्लो धुवाँ देखिएको छ । विमान बस्ती नजिकै दुर्घटना भएकाले जनधनको ठूलो क्षति हुने आशंका गरिएको छ । घटनास्थलमा दमकल र एम्बुलेन्ससहित उद्धार टोली परिचालित भइसकेका छन् ।

विमानले अहमदाबाद विमानस्थलबाट लण्डनका लागि उडान भरेको केहीबेरमै दुर्घटनामा परेको हो । दुर्घटनाको कारणबारे छानबिन गर्न आदेश दिइएको छ भने एयरपोर्ट क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ । दुर्घटनापछि अहिले अहमदाबाद विमानस्थलमा उडान अवतरण बन्द गरिएको छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?