विदेशस्थित नेपाली दुतावासलाई एनआरएनएको पत्र, डा. बद्री केसीको कार्यसमिति वैधानिक रहेको जानकारी

  नेपाली सन्देश डट कम | २९ जेष्ठ २०८२, बिहीबार ०४:१४

एनआरएनए महासचिवको आग्रह : “विधानविपरीत कार्यमा सहयोग नगर्नुस्”

क्यानबेरा, अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव गौरी राज जोशीले अष्ट्रेलियास्थित नेपाली राजदूत महामहिम चित्रलेखा यादवलाई पत्र पठाउँदै संघमा देखिएको विवादास्पद गतिविधिबारे स्पष्ट धारणा सार्वजनिक गरेका छन्।

जोशीले उक्त पत्रमा तथाकथित “एकता महाधिवेशन” को नाममा गठन गरिएको कार्यसमिति गैरवैधानिक भएको उल्लेख गर्दै त्यसप्रति संघको आपत्ति जनाएका छन्। उनका अनुसार, एनआरएनएको वैध र विधिसम्मत कार्यसमिति भने सन् २०२३-२०२५ कार्यकालका लागि डा. बद्री केसीको अध्यक्षतामा निर्वाचित भएको अन्तर्राष्ट्रिय समन्वय परिषद् हो।

उक्त पत्रमा हालै सर्वोच्च अदालतमा भएको सुनुवाइलाई उद्धृत गर्दै, डा. केसी नेतृत्वको कार्यसमितिको कार्यकाल आगामी अक्टोबर २१ (२०८२ कार्तिक ४) सम्म कायम रहेको स्पष्ट गरिएको छ। साथै, अदालतले विवादित एकता महाधिवेशनसम्बन्धी विषयलाई पूर्ण इजलासमा पठाइसकेको पनि स्मरण गराइएको छ।

जोशीले परराष्ट्र मन्त्रालयबाट यसअघि गरिएको पत्राचारप्रति पनि आपत्ति जनाउँदै त्यो कानुनी आधारबिना गरिएको बताउँदै, उक्त विषयमा संघले गत जुन ४ (२०८२ जेठ २१) मा स्पष्ट पारिसकेको जानकारी पत्रमा उल्लेख गरेका छन्।

महासचिव जोशीले प्रधानमन्त्री तथा अन्य मन्त्रीहरूको सक्रिय सहभागिता रहेको संघका विभिन्न कार्यक्रमहरूको उदाहरण दिँदै, डा. केसी नेतृत्वको कार्यसमिति नै वैध रहेको तथ्यमा बल दिएका छन्। उनले संविधानविपरीत गतिविधिले प्रवासी नेपाली समुदायमा सामाजिक सद्भाव विथोलिने खतरा रहेको भन्दै यस्ता गतिविधिमा सहयोग वा समर्थन नगर्न अनुरोध गरेका छन्।

पत्रको अन्त्यमा जोशीले एनआरएनएको दीर्घकालीन सहकार्य, समन्वय र सकारात्मक भूमिकालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै, दूतावासबाट पूर्ववत् सहयोगको अपेक्षा समेत गरेका छन्।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?