भीम रावलले गरे राजवादी समुहसँग मिल्ने हल्लाको खण्डन

  नेपाली सन्देश डट कम | २५ जेष्ठ २०८२, आईतवार १९:४९

काठमाडौँ । भीम रावलले राजवादी समुहसँग मिल्ने हल्लाको खण्डन गरेका छन् ।सामाजिक सञ्जालमार्फत नेता रावलले दुई हप्ता मातृभूमि जागरण अभियान, नेपालको विभिन्न जिल्लामा कार्यक्रम गरी काठमाडौं फर्कदा मेरो बारेमा विभिन्न हल्ला चलाइएको सुनिएको बताउदै यो हल्ला निराधार रहेको बताएका हुन् ।मिडिया र सामाजिक सञ्जालमा भीम रावल राजावादी समुहसँग मिलेर राजसंस्था फर्काउने आन्दोलनमा मिसिने चर्चा चलिरहेको छ ।  उनले भनेका छन्- दुई हप्ता मातृभूमि जागरण अभियान, नेपाल अन्तरगत विभिन्न जिल्लामा कार्यक्रम गरी काठमाडौं फर्कदा मेरो बारेमा विभिन्न हल्ला चलाइएको सुनियो । हामीहरू उक्त कार्यक्रममा निरन्तर क्रियाशील छौं।यस बाहेकका अन्य हल्ला निराधार भएको तथ्य स्पष्ट गर्दछु ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?