भारतमा कोरोनाबाट थप ६ जनाको मृत्यु, सक्रिय केस ६ हजार नाघ्यो

  नेपाली सन्देश डट कम | २५ जेष्ठ २०८२, आईतवार १५:२२

काठमाडौँ । भारतमा कोरोना संक्रमण बढिरहेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हाल कोरोना संक्रमणको सक्रिय केसहरूको संख्या ६ हजार नाघेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा छ जना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । केरला अझै पनि सबैभन्दा बढी प्रभावित राज्य बनेको छ । केरलामा कोरोनाका कुल १९५० केसहरू छन् । यसपछि गुजरातमा ८२२, दिल्लीमा ६८६, महाराष्ट्रमा ५९५, कर्नाटकमा ३६६, उत्तर प्रदेशमा २१९, तमिलनाडुमा १९४, राजस्थानमा १३२ र हरियाणामा १०२ जना कोरोनाका केसहरू फेला परेका छन् ।पछिल्लो २४ घण्टामा मृत्युको कुरा गर्दा, केरलामा तीन जना कोरोना संक्रमितको मृत्यु भयो भने कर्नाटकमा दुई जना कोरोना संक्रमितको मृत्यु भयो । यसबाहेक, तमिलनाडुमा ४२ वर्षीय पुरुष कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, भारतको सक्रिय कोभिड केसहरू पछिल्लो ४८ घण्टामा ७६९ नयाँ संक्रमणसँगै ६ हजार १३३ सक्रिय कोरना संक्रमित पुगेका छन् । 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?