आप्रवासन कानुनविरुद्ध लस एन्जलसमा प्रदर्शन, राष्ट्रिय गार्ड तैनाथ गर्ने ट्रम्पको आदेश

  नेपाली सन्देश डट कम | २५ जेष्ठ २०८२, आईतवार १४:४८

काठमाडौँ । अमेरिकाको लस एन्जलसमा भएको विरोध प्रदर्शनले हिंसात्मक रुप लिएको छ ।प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हजारभन्दा बढी राष्ट्रिय गार्ड तैनाथ गर्ने आदेश दिएका छन् । यी विरोध प्रदर्शनहरू अवैध आप्रवासीहरू विरुद्ध गरिएको छापा मार्नेविरुद्ध भइरहेका हुन् । क्यालिफोर्नियाको लस एन्जलस शहरको प्यारामाउन्ट क्षेत्रमा ल्याटिनो समुदायका मानिसहरू र अमेरिकी आप्रवासन एजेन्सीका अधिकारीहरू बीच झडप भएको थियो ।त्यसपछि प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको थियो र लाठी प्रहार गरेको थियो । यस हप्ता हालसम्म, अमेरिकी आप्रवासन एजेन्सीको कारबाहीको क्रममा ११८ जनालाई पक्राउ गरिएको छ, जसमध्ये ४४ जना शुक्रबार मात्र पक्राउ परेका थिए ।क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले यो कार्यलाई ‘क्रूर’ भनेर वर्णन गरेका छन् । न्यूसमले अमेरिकी राष्ट्रपति ट्रम्पसँग लगभग ४० मिनेट फोनमा कुरा गरेका थिए, तर यस कुराकानीको कुनै विवरण सार्वजनिक गरिएको छैन ।यद्यपि, यसपछि ट्रम्पले आफ्नो ट्रुथसोसियलमा लेख्दै क्यालिफोर्नियाका गभर्नर र लस एन्जलसका मेयरले आफ्नो काम गर्न नसक्ने हुन् भने संघीय सरकारले हस्तक्षेप गर्ने उल्लेख गरेका थिए ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?