न्यायपालिकाले न्याय दिन्छ भन्ने विश्वास छ- माधव नेपाल

  नेपाली सन्देश डट कम | २५ जेष्ठ २०८२, आईतवार ०१:४१

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई न्यायपालिकाले न्याय दिने विश्वास व्यक्त गरेका छन् ।शनिबार मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै आफुलाई कुनै गल्ति नगरेकोले आफुलाई न्यायालयमाथि विश्वास रहेको बताएका हुन् ।उनले भनेका छन्- ‘हाम्रो पार्टीको भूमिकालाई देखेर कतिपय व्यक्ति आत्तिएका पनि छन् । आतंकित भएका छन् । पूर्वाग्रह राखेर बसेका छन् । बदलाको भावनाले उनीहरुलाई पोलिरहेको छ । त्यसैको एउटा उदाहरण, ममाथि भ्रष्टाचारको मुद्धा लगाइएको छ । भ्रष्टाचारको केस निर्णयको अधार चाहिन्छ । माधव नेपालले एक पैसा घुस लिएको भएको, अनुचित काम गरेको भए, देश र जनतालाई नोक्सानी गरेको भए, त्यसको जिम्मेवारी मैले लिन्छु । सबै गलत कामका विरुद्ध दृढताका साथ उभिनेछु । मलाई विश्वास छ न्यायपालिकाले न्याय दिनेछ । र न्यायको जित हुने छ । अन्यायको हार हुने छ ।’उनले आफ्नो अगाडी चुनौती आएको बताउदै आफुले मैदान छोडेर नभाग्ने बताउदै यसको सामना गर्ने बताएका छन् ।  

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?