काठमाडौँ । बलिवुडको साजिद नाडियाडवालाको बहु-स्टारर फिल्म ‘हाउसफुल ५’ ले भारतीय बक्स अफिसमा शानदार शुरुवात गरेको छ । एक दर्जनभन्दा बढी स्टारहरू भएको यो कमेडी फिल्मले रिलिजको पहिलो दिन २४ करोड ३५ लाख कमाई गरेको छ ।बलिवुड फिल्म विश्लेषक तरण आदर्शले हाउसफुल-५ रिलिजको पहिलो दिन धेरै कमाई गर्ने यसबर्षको तेस्रो फिल्म बनेको उल्लेख गरेका छन् ।यद्यपी ठुलो स्टारकाष्ट भएको हाउसफुल-५ को यस कमाईलाई औसत भनेका छन् । अब यस फिल्मले शनिबार र आइतबार कस्तो कमाई गर्छ, त्यस आधारमा हिट र फ्लप हुने बताइएको छ ।हाउसफुलको पहिलो फिल्म २०१० मा रिलिज भएको थियो । साजिद खान निर्देशित यो फिल्मले दर्शकहरूलाई धेरै हँसायो र लगभग ७५ करोड भारु कमाई गरेको थियो । हाउसफुलको अहिलो भागमा अक्षय कुमार, रितेश देशमुख र दीपिका पादुकोण रहेका थिए ।त्यसपछि २०१२ मा आएको हाउसफुल- २ मा पटक कथा र पात्रहरूको दायरा विस्तार गरिएको थियो र ज्याकलिन फर्नान्डेज, जोन अब्राहम, असिन, ऋषि कपूर जस्ता कलाकारहरूको प्रवेशबाट फिल्मलाई धेरै फाइदा भयो । यो फिल्मले बक्स अफिसमा ११२ करोड कमाई गर्यो ।त्यसपछि तेस्रो फिल्म हाउसफुल- ३ २०१६ मा रिलिज भएको थियो, तर यो अघिल्ला फिल्महरू भन्दा अलि कमजोर साबित भयो । अक्षय, रितेश र अभिषेक बच्चनले दर्शकलाई हँसाउन सफल भएपनि फिल्मले ११० करोड कमाई गर्यो ।यसपछि, २०१९ मा हाउसफुल- ४ आयो, जसले फेरि एक पटक फ्रान्चाइजलाई नयाँ उचाइमा पुर्यायो । पुनर्जन्मको विषयवस्तुमा बनेको यो फिल्मलाई विशाल स्टार कास्ट र दृश्य भव्य स्केलको साथ प्रस्तुत गरिएको थियो । यस पटक फिल्मले रेकर्ड तोडेर २१० करोड रुपैयाँ कमायो र हाउसफुल फ्रान्चाइजीमा अझै पनि शक्ति छ भनेर प्रमाणित गर्यो । अक्षय-रितेश बाहेक, बबी देओल, पूजा हेगडे, कृति सेननले पनि हाउसफुल ४ मा प्रवेश गरेका थिए ।अब पाँचौं किस्ता ‘हाउसफुल ५’ पनि सिनेमाघरहरूमा आइपुगेको छ । फिल्ममा २० भन्दा बढी कलाकारहरू देखिएका छन्, जसमा अक्षय कुमार, रितेश देशमुख, संजय दत्त, अभिषेक बच्चन, नाना पाटेकर जस्ता दिग्गज कलाकारहरू समावेश छन् । सोनम बाजवा, नरगिस फाखरी, ज्याकलिन फर्नान्डेज र चित्रांगदा सिंह पनि महत्वपूर्ण भूमिकामा छन् । फिल्म तरुण मनसुखानीद्वारा निर्देशित र साजिद नाडियाडवालाले निर्माण गरेको हो ।३०० करोडको ठूलो बजेटमा बनेको हाउसफुल ५ लाई भारतीय सिनेमाको अहिलेसम्मको सबैभन्दा ठूलो कमेडी फिल्म भनिएको छ । फिल्मको प्रचार पनि एकदमै अनौठो तरिकाले गरिएको छ, जसले दर्शकहरूलाई जिज्ञासु बनाएको छ । एकातिर अक्षय कुमार यो फिल्मबाट फेरि एक पटक बक्स अफिसको बादशाह बन्ने अपेक्षा गरिएको छ भने अर्कोतर्फ हाउसफुल ५ ले आफ्नो अघिल्ला भागहरूको सफलतालाई जित्न सक्छ या सक्दैन भन्ने कौतुहलता रहेको छ ।
प्रतिक्रिया