कृषि र सीप विकासलाई प्राथमिकता दिदै आयो मधेशको नीति तथा कार्यक्रम

  नेपाली सन्देश डट कम | २४ जेष्ठ २०८२, शनिबार ०४:११

जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम ल्याएको छ । शुक्रबार प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रदेश सरकारको नीति तथा कार्यक्रम संसद्मा सार्बजनिक गरेकी हुन् । प्रदेश सरकारले नीति तथा कार्यक्रममा आर्थिक सुधारसहित  रोजगारी सिर्जना, कृषिको आधुनिकीकरण, शिक्षामा विकास र पूर्वाधार विकासमा प्राथमिकता दिइएको छ । नीति तथा कार्यक्रममा कृषिलाई लक्षित गरी मधेसको शान, स्थानीय मखान, आँपको बगैँचा, मधेसको समृद्धि, खेत–खेतमा पानी, घरघरमा खाद्यान्नसहित आम्दानी, किसानको बार स्वयंसेवकको छहारीसहित कार्यक्रमहरू सार्वजनिक गरिएको छ । साथै ‘आत्मनिर्भर र समृद्ध मधेस, सुखी मधेसी’ मूल नारासहित प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । साथै नीति तथा कार्यक्रममा ‘मधेशले देशलाई खुवाउने अभियानलाई केन्द्रमा राखेर उत्पादन मधेशमा विस्तार देशमा’ नारालाई आत्मसाथ गर्दै कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरि कृषिजन्य आयातलाई न्यूनीकरण गरि निर्यातमा जोड दिइने उल्लेख छ । नीति तथा कार्यक्रमले ‘हर हाथ मे सीप, हर घरमे रोजगार, सीपयुक्त युवा, समृद्ध मधेशके आधार’ अभियानलाई आत्मसात गर्दै पहिलो चरणमा एक लाख रोजगारीको अवधारणालाई अगाडी बढाइने उल्लेख छ । 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?