भारतमा कोरोनाका सक्रिय केस ५ हजार नाघे

  नेपाली सन्देश डट कम | २४ जेष्ठ २०८२, शनिबार ०३:५३

काठमाडौँ । भारतमा कोरोनाका सक्रिय केसहरुको संख्या ५ हजार नाधेको छ ।स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार, भारतमा कुल ५ हजार ३६४ सक्रिय केसहरू पुष्टि भएका छन् ।यी मध्ये धेरैजसो केसहरू केरलामा पुष्टि भएका छन् । केरलापछि, गुजरात, पश्चिम बंगाल र दिल्लीमा सबैभन्दा धेरै केसहरू रिपोर्ट गरिएका छन् । केरलामा कोरोनाका १६७९ सक्रिय केसहरू छन् भने गुजरातमा ६१५, पश्चिम बंगालमा ५९६ र दिल्लीमा ५९२ रहेका छन् ।मन्त्रालयका अनुसार, यस वर्ष हालसम्म भारतमा कोरोनाका कारण ५५ बिरामीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?