काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी जिल्ला अदालत परासीमा कार्यरत कम्प्युटर अपरेटर राम लखन बानियाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।बनियाले लागू औषध मुद्दाको पुर्पक्षमा कारागार कार्यालय नवलपरासीमा रहेका व्यक्तिलाई छुटाई दिन सहजीकरण गर्ने भन्दै २ लाख घुस लिएको आरोपमा मुद्धा दायर गरेको अख्तियारले जनाएको छ ।अख्तियारले बनियाले उच्च अदालत तुलसीपुर, बुटवल इजलासका तामेलदार (डिठ्ठा) अर्जुन पन्थीसमेतको आपसी मिलेमतोमा गुस लिएको भन्दै उनीविरुद्ध पनि मुद्धा दायर गरेको जनाएको छ ।
प्रतिक्रिया