गैरआवासीय नेपाली संघ र राष्ट्र बैंकबीच भेटवार्ता : लगानी प्रबर्द्धन र नीतिगत सुधारमा जोड

  नेपाली सन्देश डट कम | १४ जेष्ठ २०८२, बुधबार १७:१२

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलसँग भेटघाट गरेको छ। बिहीबार राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त भेटमा संघ र राष्ट्र बैंकबीचको आपसी सहकार्य तथा
गैरआवासीय नेपालीको लगानी प्रबर्द्धन गर्न आवश्यक नीतिगत विषयहरूमा विस्तृत छलफल भयो ।

भेटका क्रममा डा. केसीले नवनियुक्त गर्भनर प्रा.डा. पौडेललाई शुभकामना दिँदै समृद्ध नेपाल निर्माणमा गैरआवासीय नेपालीको लगानी तथा सहभागीता सहज बनाउन कानुनी र नीतिगत सुधारको लागि अनुरोध गर्नुभयो ।

गर्भनर प्रा.डा. पौडेलले गैरआवासीय नेपालीको योगदानलाई संस्थागत गर्न राष्ट्र बैंक तयार रहेको र नीतिगत सुधारका लागि समेत सकारात्मक रहेको बताउनुभयो । यस्तै लामो समयदेखि माग गर्दै आएका नीतिगत सुधारका पहलहरु सम्बन्धमा पनि पत्रमार्फत जानकारी गराइएको थियो ।

भेटमा पूर्व युवा उपसंयोजक लोकराज शर्मा, एनआरएन नेपाल डेभलप्मेन्ट फण्डका प्रमुख कार्यकारी अधिकृत डा अनलराज भट्टराई, संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?