प्रधानमन्त्रीको चर्चा हुने ठानेको थिएँ, तर मेरो चर्चा पो रहेछ : डा. कोइराला

  नेपाली सन्देश डट कम | १४ जेष्ठ २०८२, बुधबार ००:५४

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति निवासमा भएको पदाधिकारी बैठक आफ्नो बारेमा मात्रै केन्द्रीत रह्यो भन्ने सुन्दा अचम्म लागेको बताएका छन्।

मंगलबार विराटनगरमा आयोजित कांग्रेसको शुभेच्छुक संगठन नेपाल नाई संघको राष्ट्रिय परिषद् उदघाटन गर्दै कोइरालाले यस्तो बताएका हुन्।

उनले भने,‘मलाई लागेको थियो सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा होला, भर्खरै प्रधानमन्त्रीले १५ गते काठमाडौं कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनका बारेमा छलफल होला तर कुरा त मेरै बारेमा मात्रै भएछ।’

कोइरालाले देशको सर्वोच्च पदमा बसेको मान्छेले गैर राजनीतिक र मुठभेडको भाषा बोल्दा समेत कांग्रेसले यसबारेमा आधिकारिक रुपमा कहिँकतै नबोलेकोमा आफूलाई छक्क लागेको बताए।

उनले प्रधानमन्त्री व्यक्ति मात्रै नभएर संस्था पनि भएको भन्दै त्यो पदमा बस्ने मान्छेले बोल्ने हरेक कुराले अर्थ राख्ने बताए।

‘के बाध्यता आइपर्‍यो त्यस्तो प्रधानमन्त्रीले जे जे गरेपनि कांग्रेसले छुट दिँदै जाने ?’उनले प्रश्न गरे। पछिल्ला दिनमा कांग्रेसले आफ्नो सैद्धान्तिक मौलिकता बिर्संदै गएकोमा चिन्ता समेत व्यक्त गरे।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?