दुई महिना यता इजरायलद्दारा गाजामा भिषण युद्द, १५१ को मृत्यु

  नेपाली सन्देश डट कम | ५ जेष्ठ २०८२, सोमबार ०८:५६

गाजा । इजरायली सेनाले आइतबार गाजाका विभिन्न क्षेत्रमा जमिनी आक्रमण गरेको छ ।

 अल जजीराको रिपोर्टका अनुसार एकै दिनमा यी आक्रमणमा १५१ जनाभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २ महिनामा इजरायलले गरेको यो सबैभन्दा ठूलो हमला हो।

 यसअघि मार्च १८ मा इजरायली हमलामा ४ सयभन्दा बढीको मृत्यु भएको थियो । इजरायलले गाजा पट्टीमा विगत ४ दिनदेखि आक्रमणलाई तीव्र पारिरहेको छ । यी ४ दिनमा अहिलेसम्म झण्डै ४ सय जनाको मृत्यु भएको छ।

 इजरायलले गाजालाई नियन्त्रण गर्न मे ५ मा ‘गिडोन केरियट्स’ सैन्य अभियान सुरु गरेको थियो। इजरायलले हमासको अन्त्य नभएसम्म आफ्नो कारबाही जारी राख्ने बताएको छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?