कांग्रेस नेता महेश श्रेष्ठद्वारा पार्टी कार्यालय निर्माणका लागि ५ लाख सहयोग

  नेपाली सन्देश डट कम | ३ जेष्ठ २०८२, शनिबार ०४:०४

काठमाडौं । गैरआवासीय नेपाली संघको विवादास्पद एकता अधिवेशनदेखि नेतृत्व सम्हाल्दै आएका जापानस्थित व्यवसायी तथा नेपाली कांग्रेसका महासमिति सदस्य महेश श्रेष्ठले बागलुङस्थित नेपाली कांग्रेस पार्टी कार्यालय (वीपी स्मृति भवन) निर्माणका लागि पाँच लाख रुपैयाँ सहयोग गरेका छन्।

बागलुङमा जन्मिएर जापानलाई कर्मथलो बनाएका नेता श्रेष्ठले नेपाली कांग्रेस बागलुङले निर्माण गर्न लागेको पार्टी भवनका लागि उक्त सहयोग प्रदान गरेका हुन्।

नेपाली कांग्रेस बागलुङले सहयोगप्रति आभार व्यक्त गर्दै श्रेष्ठको सामाजिक र व्यवसायिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना गरेको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?