काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तीन जना पदाधिकारीलाई पदमुक्त गरेको छ।
पदमुक्त हुनेमा सचिव मनोज कुमार गोर्खाली, सहकोषाध्यक्ष तिलक गैरे, र मध्यपूर्व उपक्षेत्रीय संयोजक रमेश श्रेष्ठ रहेका छन्।
उनीहरूलाई शेष घले समूहद्वारा आयोजित एकता महाधिवेशनमा सहभागी भई संस्थालाई विभाजन गर्न सहयोग गरेको अभियोगमा बर्खास्त गरिएको संघले जनाएको छ।
संघका महासचिव गौरीराज जोशीले शुक्रबार जारी पत्रमार्फत संघको विधानको धारा ३० अनुसार मिति २०८१ वैशाख २६ गते सम्पन्न १३औं अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय बैठकको निर्णय अनुसार उनीहरूको जिम्मेवारी फिर्ता गरिएको जानकारी दिएका छन्।
शेष घले समूहको उक्त महाधिवेशनमा ती तीन पदाधिकारी मात्र सहभागी भएका थिए।
प्रतिक्रिया