गुटको अधिवेशन हो, एकता अधिवेशन होईनः डा. उपेन्द्र महतो

  नेपाली सन्देश डट कम | २४ बैशाख २०८२, बुधबार १२:०८

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले गत साता सम्पन्न तथाकथित एकता अधिवेशनलाई गुटीय भेलाको संज्ञा दिएका छन्।

एनआरएनएको नेतृत्वको दाबी गर्दै आएका महेश कुमार श्रेष्ठको नेतृत्वमा बुधवार भेटघाटका लागि गएको प्रतिनिधिमण्डलसँगको भेटमा डा. महतोले उक्त अधिवेशनलाई मान्यता नदिने स्पष्ट पारे। उनले भने, “बृहत् एकता कायम नहुँदासम्म म कुनै पनि पक्षको नेतृत्वलाई मान्यता दिन सक्दिन।”

डा. महतोले संस्थाभित्र एकताको विकल्प नभएको उल्लेख गर्दै संघका वर्तमान अध्यक्ष डा. बद्री केसीसँग संवाद गरेर अगाडि बढ्न प्रतिनिधिमण्डललाई निर्देशन दिएका थिए।

संघका पूर्व अध्यक्षहरू जीवा लामिछाने र भवन भट्टले पनि संस्थाभित्र बृहत् एकताको आवश्यकता रहेकोमा जोड दिएका छन्। डा. महतो, लामिछाने, र भट्टले शेष घले नेतृत्वमा सम्पन्न अधिवेशनको बहिष्कार गरेका थिए।

प्रतिनिधिमण्डलसँगको भेटमा कुल आचार्य, रबिना थापा, बिनोद कुँवर, र राजेन्द्र कुमार शर्मा लगायतको उपस्थिति थियो।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?