सहकारी, लघुवित्त पीडितको पक्षमा राष्ट्रिय मुक्ति पार्टीको ऐक्यबद्धता

  नेपाली सन्देश डट कम | ५ बैशाख २०८२, शुक्रबार ०५:१७

काठमाडौं । सहकारी, लघुवित्त तथा बैंकिङ ठगीका कारण पीडित बनेका नागरिकहरूको आवाज बुलन्द गर्दै राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले सरकारको रवैयाप्रति कडा असन्तोष व्यक्त गरेका छन् ।

 वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ) नेपालको आह्वानमा शान्ति बाटिकामा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महतोले भने “अब पापको घडा भरिसक्यो, जुनसुकै बेला फुट्न सक्छ।”

 उनले देशका विभिन्न भागबाट ठगिएका सहकारी, लघुवित्त, बैंक पीडितहरू वर्षौंदेखि अन्यायको मारमा परिरहेको उल्लेख गर्दै भने, “सडकमा आन्दोलित जनता गरिब छन्, पीडित छन्, शोषित छन्, तर सरकार तिनका घाउमा मलम लगाउने होइन, नून छर्कने काम गरिरहेको छ। महतोले हालसम्म भएका सम्झौता तथा वार्ताहरू कार्यान्वयन नभएको प्रति गम्भीर चिन्ता व्यक्त गर्दै भने, “सरकार आफैं अभिभावक बन्नुको सट्टा शोषकको रूपमा देखा परेको छ। यही प्रवृत्तिका कारण जनताको राज्यप्रतिको विश्वास हराउँदै गएको हो।”

 

उनले सहकारी तथा लघुवित्त पीडितहरूको आँसु र रगतले सिँचिएको यो संघर्ष अब ‘अलपत्र विश्वास’ को भरमा अघि नबढ्ने प्रष्ट पारेका छन । अब आन्दोलन एकीकृत र संगठित रूपमा अघि बढ्नेछ उनको भनाइ थियो।

 महतोले आर्थिक न्याय, समानता र वित्तीय शोषणको अन्त्यका लागि सम्पूर्ण नागरिक समाज, अभियानी समूह, पीडित वर्ग र सरोकारवालाहरूलाई आन्दोलनमा ऐक्यबद्ध हुन आह्वान पनि गरे। बिगत दुई वर्षदेखि देशका विभिन्न स्थानमा सहकारी र वित्तीय संस्थाबाट ठगिएका नागरिकहरू निरन्तर संघर्षरत छन्। यद्यपि, पीडितहरूको माग सम्बोधन गर्ने सरकारी इच्छाशक्ति अझै कमजोर देखिएको महतोको टिप्पणी थियो ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?