पाँच रूपैयाँका १० लाख नाेट साेमवारवाट बजारमा

  नेपाली सन्देश डट कम | २ बैशाख २०८२, मंगलवार १९:५४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरका थप १० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याएको छ। 
साविककै आकार तथा रंगमा नम्बर ४५०००००१ देखि भ १८९९९९९९ का नोटहरू चलनचल्तीमा ल्याएको राष्ट्र बैंकले जनाएको छ।

नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालिगुराँसको पानी छाप रहेको देखिएको छ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको सो नोटको तल्लो भागको किनारामा विंस २०८१ लेखिएको छ।

यसैगरी, नोटको पछिल्लो भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक, मध्यभागमा जंगली याक र हुम्लाको लिमी क्षेत्रको हिमालको चित्र राखिएको छ । 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?