फ्राइडे रिलिजः बिपिन कार्कीको ‘कर्मा’ लाई भन्दा बढी शो कृषाको ‘पिताम्बर’ लाई

  नेपाली सन्देश डट कम | २९ चैत्र २०८१, शुक्रबार २२:४२

काठमाडौं । आज देखी हलमा २ नयाँ नेपाली फिल्म रिलिज हुँदैछन् । कृषा चौलागाईको पिताम्बर र ‘कर्मा’ आजवाट सिनेमा हलमा लाग्दैछन् । दुवै एक्सन फिल्म हुन् ।

शुक्रबारबाट रिलिज हुन लागेका दुई नेपाली फिल्म ‘हाइप’ र ठूला ‘स्टार कास्ट’हरू देखिएका छन । 

आज प्रदर्शनमा आउन लागेको दुई फिल्म मध्ये सबैभन्दा धेरै शो प्रदीप खड्का स्टारर ‘पिताम्बर’ले पाएको छ भने जसको देशभरको शो संख्या १७० रहेको छ भने विपिन कार्की स्टारर ‘कर्मा’ले १२४ शो पाएको छ। 

पिताम्बरमा प्रदिप खडका, दयाहाङ राइ, सौगातमल्ल लगायतको कलाकारको अभिनय रहेको छ । यो महिला निर्देशकले बनाएको पहिलो ‘नेपाली एक्सन’ चलचित्र मानिएको छ । पिताम्बरकाे प्रि बुकिङ उत्साहजनक देखिएकाे छ ।

 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?