माओवादी उपाध्यक्षले भेटे पत्रकार रजकको परिवारलाई

  नेपाली सन्देश डट कम | २८ चैत्र २०८१, बिहीबार १८:२१

काठमाडौं ।नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटा आज राजावादी आगजनी(चैत्र १५ को)मा हत्या भएका पत्रकार सुरेश रजकको ताहाचलस्थित घरमा पुगेका छन् ।

पार्टी अध्यक्ष प्रचण्डको सन्देश लिएर पुग्नुभएका प्रवक्ता सापकोटाले रजकका अभिभावक तथा परिवारको चासोलाई गम्भीरतापूर्वक सम्बोधन गरेे।

परिवारले घटनाको सत्यतथ्य छानबिन गर्न, दोषीलाई कार्वाही गर्न, सुरेशलाई सहिद घोषणा गर्न र तीनकुनेमा उनको सालिक बनाउन माग गरेेका छन्।

परिवारको मागप्रति आफ्नो पार्टीको ऐक्यबद्धता रहेको र छिटोभन्दा छिटो तथ्यपूर्ण छानबिन गरी सुरेश, अभिभावक र परिवारलाई न्याय दिन पार्टीले सरकारलाई दबाब दिईरहेको प्रवक्ता सापकोटाले बताए।

अपरान्ह ३ बजे प्रेस सेन्टर, नेपालका अध्यक्ष कमल गिरीसहित उनी सुरेश रजकको परिवारसंग भेट गरेेका हुन्।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?