एकैदिन सुनको भाउ ५ हजार ७ सयले बढयो

  नेपाली सन्देश डट कम | २८ चैत्र २०८१, बिहीबार १७:३७

काठमाडौं । आज सुन चाँदीको दुवैको भाउ बढेको छ । साताको पाँचौ दिन अर्थात बिहिवार सुन तोलाको नै ५ हजार ७०० रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ५ हजार ७०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ८१ हजार १०० रुपैयाँमा कारोबार हुने भएको छ ।

 बुधबार २ हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको भोलीपल्ट अत्याधिक मात्राले बढेको हो । आज चाँदी तोलाको पनि भाउ बढेर १९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?