शिक्षा र प्रहरीको कानुन बनाउन नसक्दा लज्जा भइरहेको छः गगन थापा

  नेपाली सन्देश डट कम | २८ चैत्र २०८१, बिहीबार १७:३०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षा बिधेयक बनाउन नसक्नु लज्जाको बिषय बनेको बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ को अधिवेसनलाई सम्बोधन गर्दै थापाले शिक्षा र प्रहरी सबन्धी कानुन निर्माण गर्न नसक्नु लज्जाको बिषय भएको बताएका हुन् । संबिधान जारी भए लगत्तै ३–४ बर्ष अगाडी नै शिक्षा र प्रहरी सबन्धी कानुन बनाइसक्नु पर्दथ्यो त्यो बनाउन नसक्नु लज्जाको बिषय हो थापाले भने बेलैमा बनाएर दिएको भए अहिले शिक्षकहरू आन्दोलनमा आउनु पर्दैनथ्यो । उनका अनुसार कानुन बनाउन ढिलाईमा कांग्रेसको पनि भागिदार हुनु पर्छ । 
 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?