तीनकुने घटनाको उच्चस्तरीय आयोग बनाएर छानबिन गरः रास्वपा

  नेपाली सन्देश डट कम | १६ चैत्र २०८१, शनिबार १३:३९

काठमाडौं । तीनकुनेमा भएको राजावादीहरूको हिंस्रक प्रदर्शनबारे छानबिन गर्न उच्च स्तरीय आयोग बनाउनु पर्ने माग गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रिय सचिवालय बैठकले सो माग गरेको हो ।

तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा शुक्रबार दिउँसो देखी साँझसम्म अराजक र हिंस्रक घटनामा संलग्न दोषीहरूलाई कानूनी दायराभित्र ल्याई यथोचित कारबाही सुनिश्चित गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्ने बैठकले निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?