सापकोटाहरुको वार्षिक भेला हुने

  नेपाली सन्देश डट कम | १३ चैत्र २०८१, बुधबार ०७:२३

लण्डन । बेलायतमा रहेका सापकोटाहरुको वार्षिक भेला हुने भएको छ ।

बेलायतस्थित सापकोटा समुदायको पहिलो बृहत जुम मिटिङ्गले अबदेखि प्रत्येक वर्ष सापकोटा समुदायको जमघट गर्ने निर्णय गरेको हो ।

मंगलवार जुम मिटिङ्गमा विश्वभरका प्रतिष्ठित सापकोटाहरुको भेलाले सो निर्णय गरेको हो ।

नेपालबाट केन्द्रिय प्रतिनिधित्व गर्दै कविन्द्र सापकोटा, चुडामणि सापकोटा, राजेन्द्र सापकोटा लगायत अन्य अग्रणी व्यक्तित्वहरूले प्रवासमा रहेका सापकोटा समुदायलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

अमेरिकाबाट प्रतिनिधित्व गर्दै रोहिण सापकोटा र किरण सापकोटाले बेलायत समितिलाई हरतरहले सहयोग गर्ने बताए ।

बेलायतका सामाजिक व्यक्तित्व नविन सापकोटाको नेतृत्वमा आगामी भेलाको समय र मिति निर्धारण गर्ने निर्णय गरिएको छ।

बेलायतभर रहेका सापकोटा समुदायका सदस्यहरूको नामावली संकलन, संस्थालाई संस्थागत रूप दिने, समसामयिक प्रविधिको उच्चतम प्रयोग गर्दै सामाजिक सञ्जालका लागि एउटा आईटी टिम गठन गर्ने जस्ता निर्णयहरू समेत गरियो।

प्रवासी सापकोटा समुदायले देश बाहिर पहिलो पटक यति ठूलो जमघट गरेको हो।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?