सुन र चाँदी दुवैको भाउ घट्यो

  नेपाली सन्देश डट कम | १० चैत्र २०८१, आईतवार ०५:२५

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँले घटेर १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ । 

यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो । 
यता, आइतबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १९ सय ८० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १९ सय ९५ रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?