एनआइसी एसिया लघुवित्तको साधारण आज सभा वार्षिक साधारण सभा आज बस्दै

  नेपाली सन्देश डट कम | ८ चैत्र २०८१, शुक्रबार ०३:५८

काठमाडौं । एनआइसी एसिया लघुवित्तको साधारण आज सभा वार्षिक साधारण सभा आज बस्दै छ । कम्पनीले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । 

साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
सभा गोर्खा होटल चतरा लाईन, धरान सुनसरीमा विहान ९ बजेबाट सुरु हुनेछ ।  सभा प्रयोजनार्थ कम्पनीले फागुन २८ गते बुक क्लोज गरिसकेको छ । फागुन २७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।
 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?