पिण्डेश्वरी मन्दिरमा आज १०८ वटा तामाको दियो स्थापना गरी दिप प्रजलन गर्ने

  नेपाली सन्देश डट कम | १८ कार्तिक २०७८, बिहीबार ०८:१४

गजुरी/धादिङ
धादिङको गजुरी गाउँपालिका वडा नं.५ साविक पिण्डा गाउँ विकास समिति वडा नं.४ भिमसेनस्थानमा रहेको पिण्डेश्वरी मन्दिरमा आज बिहिवार दिप प्रजलन गर्ने कार्यक्रम रहेको छ।हिन्दुहरुको दोस्रो महानपर्व शुभ- दिपावलिको बिशेष दिन लक्ष्मी पुजाको दिन बेलुकी १०८वटा तामाको दियो स्थापना गरि दिप प्रजलन गर्ने कार्यक्रम रहेको पिण्डेश्वरि मन्दिर व्यवस्थापन समिति अध्यक्ष शंकर थापाले जानकारी दिएका छन्।धादिङ जिल्लाकै धार्मिक आस्था बोकेको पिण्डेश्वरि मन्दिर संरक्षण तथा व्यवस्थापनमा स्थानीयले पनि चासो दिएका छन्।गुरु योजनानै निमार्ण गरि जिल्लाकै धार्मिक तिर्थ स्थलको रूपमा मन्दिरलाई विकसित गर्ने अध्यक्ष थापाले बताए।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?