शेष घलेसहित एनआरएनए एकता अधिवेशन अक्टोवरमा हुन्छ : डा. हेम राज शर्मा, एनआरएनए

  नेपाली सन्देश डट कम | ५ चैत्र २०८१, मंगलवार १३:०६

कम्बोडिया । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्मा संस्थाभित्रको विवाद मिलाउन प्रयास भैरहेको छ ।

डा. शर्माले गैरआवासीय नेपाली संघको एशिया क्षेत्रीय सम्मेलनलाई मंगलवार कम्बोडियामा सम्बोधन गर्दै संघका पूर्वअध्यक्ष शेष घले सहितको एकता महाधिवेशन अक्टोवरमा हुने बताए ।

डा. शर्माले गैरआवासीय नेपाली संघभित्र पुस्तान्तरणको आवश्यकता रहेको बताए । “यहाँ ५ क्षेत्रको संगम देखेर म प्रफुल्ल छु, यो माझमा उपेन्द्र महतोजी, जीवा लामिछानेजी पनि हुनुभएको भए हुन्थ्यो जस्तो तपाईहरुलाई लागेको होला म अनि हामी सबैलाई पनि लागेको हो तर अब तपाईहरु आफैँ सक्षम हुनुहुन्छ अग्रज नआएपनि यति सफलतापूर्वक कार्यक्रम गर्न, यसलाई उहाँहरुले दिनुभएको अवसरको रुपमा लिनुहोला ।” “हामी नेपालमा पुस्तान्तरणको खुब कुरा सुन्छौँ त्यही पुस्तान्तरण अब गैरआवासीय नेपाली संघमा पनि आवश्यक छ, म हाम्रा अग्रजहरुलाई त्यो वातावरण निर्माण गरिदिन आग्रह गर्दछु ।” उनले भने ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?