कालिका अटो ट्रेर्डसले धादिङको गजुरीमै खोल्यो यामाहाको सोरुम

  नेपाली सन्देश डट कम | १४ कार्तिक २०७८, आईतवार ०९:२६

गजुरी/धादिङ
धादिङको गजुरी गाउँपालिका वडा नं.१ गजुरी बजारमा यामाहाको सोरुम खुलेको छ।गजुरीमा कालिका अटाे ट्रेर्डसले यामाहा सोरुम आईतबार देखि बिधिवत रूपमा सुरु गरेको छ।गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले रिवन काटेर सोरुम उद्दघाटन गरेका हुन्।अध्यक्ष बस्नेतले पृथ्वी राजमार्गलाई मध्य नजर गर्दै छिटो छरितो र भरपर्दो सेवा दिनका साथै व्यावसायिक सफलताको शुभकामना दिए।वडा अध्यक्ष राजकुमार पण्डितले पनि गजुरी बजारमै रहेर यामाहा सोरुम सुरु गरेकोमा सफलताको शुभकामना दिए।उत्कृष्ट प्रविधि गुणस्तरीय ब्रान्ड यामाहा प्रती ग्राहकको माया र विश्वास रहेकोले यामाहा साेरुम सुरु गरेको गङ्गासागर नेपालले बताउनुभयाे।विश्वमा यामाहाको लोकप्रीयता बढे सङ्गै धादिङमा पनि यामाहाको माग बढेकाले उक्त साेरुम सुरु गरेको शैलेस नेपालले बताए ।धादिङमा अहिले जिल्ला सदरमुकाममा मात्र यामाहा सोरुम रहेको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?