संस्थापक अध्यक्ष डा. महतो सहितका एनआरएनए नेताहरुले आज सम्बोधन गर्ने

  नेपाली सन्देश डट कम | २६ फाल्गुन २०८१, सोमबार २२:४४

गैर आवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले विदेशमा रहेका नेपालीहरूसँग संस्थाभित्र ‘बृहत एकता अधिवेशन’ को लागि आह्वान गर्ने भएका छन्।

गैर आवासीय नेपाली संघका अनुसार आगामी मंगलबार, नेपाली समय अनुसार साँझ ५ बजे डा. महतोसहित पूर्व अध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट, कुमार पन्त, संस्थापक नेता रामप्रताप थापा, संस्थापक संयोजक भिम उदास लगायतले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन्।

परराष्ट्र मन्त्री आरजु देउवाले गत शुक्रबार राखेको बैठकमा संघको १२ औं महाधिवेशन आगामी अक्टोबर महिनामा गर्ने विषयमा सहमति हुन नसकेपछि उनीहरूले संघका राष्ट्रिय समिति, केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई सम्बोधन गर्न लागेका हुन्।

मन्त्रीसँगको बैठकमा उनीहरूले मे महिनामा महाधिवेशन गरे संस्था पुनः विभाजनतिर जाने भन्दै तत्काल सो अधिवेशन रोक्न आग्रह गरेका थिए।

सो बैठकमा गैर आवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले १० औं महाधिवेशनको विवादको फैसला ११ औं महाधिवेशन सम्पन्न भए पछि आएको भए पनि दोस्रो फैसलाले एघारौं महाधिवेशनको सार्वभौमिकता र स्वतन्त्रताको स्पष्ट व्याख्या सहित अन्तिम फैसला आइसकेको बताए।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?