गजुरीको चेपाङ किशोरी छात्रावासमा क्षमता विकास तालिम सम्पन्न

  नेपाली सन्देश डट कम | ७ कार्तिक २०७८, आईतवार ११:२३

७ कार्तिक २०७८,गजुरी १ हाँगेटार
गजुरी गाउँपालिकामा वडा नं १ हाँगेटारमा अवस्थित चेपाङ किशोरी छात्रावासमा रहि अध्ययन गर्ने किशोरीहरुको समुहको २ दिने क्षमता विकास तालिम शनिबार सम्पन्न भएको छ ।
चेपाङ छात्रवास किशोरी समुहका अध्यक्ष अञ्जु चेपाङको अध्यक्षतामा भएको तालिममा छात्रावास बसि अध्ययन २१ जना किशोरीहरुको सहभागीता रहेको समुहको सचिव स्मृति चेपाङले जानकारी दिनु भयो ।
तालिममा बाल अधिकार के हो , किशोरी समुह गठन , परिचालन र समुहले गर्न सक्ने सामुदायिक कार्यहरु, बाल विकासक्रमको बिश्लेषण , बाल अधिकारका ४ पक्षहरु, नेता,नेतृत्व ,किशोरी समुहका रहेका पदाधिकारी तथा सदस्यहरुको काम कर्तव्य र उत्तरदायित्व , संचार सीप, प्रस्तुतिकरण सीप , सहजिकरण सीप , बाल सहभागीता के किन र कसरी , बालमैत्री स्थानीय शासनमा बालिकाहरुको भुमिका र जिवनउपयोगी सीप लगायतका बिषयमा बाल अधिकारकर्मी चाँदनी थापा मगर, गैरसरकारी संस्था महासंघ बागमती प्रदेश समिति सदस्य समेत रहेकी चेपाङ अगुवा महिला सुमित्रा चेपाङ र प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको सामुदायिक सहजकर्ता सविना चेपाङले जानकारी दिनु भयो ।
कार्यक्रम चेपाङ छात्रावास किशोरी समुहको समन्वय , प्लानेट ईन्फाण्ड एण्ड डेभलपमेन्टको साझेदारीतामा प्रयास नेपाल धादिङको सहयोगमा भएको थियो ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?