जेलेन्स्कीको गृहनगरमा रुसको आक्रमण, चार जनाको मृत्यु

  नेपाली सन्देश डट कम | २२ फाल्गुन २०८१, बिहीबार ०९:५५

काठमाडौँ । युक्रेनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा रहेको एक होटलमा रुसी क्षेप्यास्त्र आक्रमणमा चार जनाको मृत्यु भएको छ ।

जेलेन्स्की ब्रसेल्समा युरोपेली नेताहरूसँगको शिखर सम्मेलनको तयारी गरिरहेका बेला आक्रमण भएको थियो ।

शहरका क्षेत्रीय गभर्नर सेर्ही लिसाकले क्रिभी रिहमा रुसी क्षेप्यास्त्र प्रहारबाट कम्तीमा चार जनाको मृत्यु भएको र ३१ जना घाइते भएको बताए ।

सेर्ही लिसाकले क्षेप्यास्त्र युक्रेनको मध्य शहरमा रहेको एक होटलमा खसेको थियो, जसले गर्दा १३ अपार्टमेन्ट ब्लक र १२ पसलहरूमा क्षति पुगेको थियो ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?