जनतामा निराशा किन बढ्यो भन्ने प्रश्नमा गगन थापाले के भने ?

  नेपाली सन्देश डट कम | १६ फाल्गुन २०८१, शुक्रबार १५:२८

काठमाडौं । यतिबेला पोखरामा नेपाल लिटरेचर फेस्टिभल जारी छ । बिहीबारदेखि सुरु भएको फेस्टिभल आइतबारसम्म चल्नेछ । 

शुक्रबारको ‘निराशा : व्याख्या र वास्तविकता सत्र’ मा सहजकर्ता थिए कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहान । संवादमा उपस्थित सहभागीहरूले पनि प्रश्न सोधेका थिए । संवादमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, टिच फर नेपाल फेलोसिपकी सहसंस्थापक एवं प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठ र सोसल साइन्स बहाःका सहनिर्देशक जीवन बानियाँ थिए ।

सहजकर्ता चौहान र सहभागी युवाहरूको प्रश्नको जवाफ दिँदै थापाले दुईतिहाइ नजिकको सरकार भएर पनि नतिजा दिन नसक्दा जनतामा निराशा बढेको टिप्पणी गरे । सरकारले समाज र सडकमा देखिएको निराशा चिर्न परिणाममुखी काम गर्न नसक्नु अहिलेको कमजोरी रहेको थापाले बताए । ‘निराशालाई चिर्नका लागि ‘एक्सन’ र ‘रिजल्ट’केन्द्रित हुनुपर्ने थियो’, उनले भने, ‘तर काममा भन्दा कुराहरूमा मजाले मस्ती छ, मसँग संख्या छ, दुईतिहाइ छ भनेर सरकारको नेतृत्व ढुक्क देखिन्छ । तर, सरकारसँग ‘सेन्स अफ अर्जेन्सी’ देखिँदैन ।

सरकारमाथि प्रश्न गरिरहँदा आफू पन्छिएर भाग्न नमिल्ने पनि थापाले बताए । ‘मैले प्रश्न गरिरहँदा सरकारको कमीकमजोरीबाट आफैँ पनि भाग्न मिल्दैन उनले भने । आफू सरकारमा संलग्न नभए पनि जनताबाट उठाइएका प्रश्नका सवालमा भाग्न नमिल्ने उनको भनाइ थियो । ‘सरकारको काम र नतिजा नदेख्दै गर्दा मेरो पनि प्रश्न नै प्रश्न छ । तर, यसको अर्थ मैले यहाँ प्रश्न गरेँ, यो गरेँ भन्ने होइन । म सरकार सञ्चालको जिम्मेवार ठाउँमा भएकाले मेरो प्रत्यक्ष संलग्नता भए पनि नभए पनि यसका कमजोरीबाट भाग्नु हुँदैन, भाग्दिनँ उनले भने यसको सबै दोष मैले यहाँबाट भोगेर जानुपर्छ ।

उनलाई दर्शकले प्रदेश संरचना र सरकारप्रति दिनदिनै निराशा बढिरहेको प्रश्न गरेका थिए । जवाफमा गगनले त्यति दुःख गरेर संघीयता ल्याएपछि प्रदेशलाई जति बलियो बनाउनुपथ्र्यो त्यो गर्न नसकिएको पनि बताए । उनले अहिलेको एउटा दलले बहुमत ल्याउनै नसक्ने अवस्थामा सुधार हुनुपर्ने पनि तर्क गरे । कुनै दलले बहुमत ल्याउन नसक्ने कुरामा सुधार गर्नुपर्छ । अर्को कुरा प्रदेशलाई अधिकार आउनुपथ्र्यो । प्रदेश बलियो हुनुपथ्र्यो । यति दुःख गरेर ल्याएको व्यवस्थामा प्रदेशमाथि धेरै आक्रमण भइरहेको छ’, उनले भने केन्द्रको अधिकार प्रदेशमा ल्याउने कुरामा मतलब नै छैन । अधिकार नहुँदा पनि प्रदेशप्रति निराशा व्यक्त भइरहेको छ ।’ थापाले प्रदेश संरचनालई ‘स्केप गोट’ बनाउन खोजिएको पनि टिप्पणी गरे ।

टिच फर नेपाल फेलोसिपकी सहसंस्थापक एवं प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले निराशाकै बीच आशा रहेको बताइन् । ‘चुनौती छैन भन्न खोजेको पनि होइन फेरि आशा भनेको एकदमै अन्धो आशा भन्न खोजेको पनि होइन । समुदायमा आशा पनि छ निराशा पनि,’ उनले भनिन् ।

सोसल साइन्स बहाःका सहनिर्देशक जीवन बानियाँले नेपाल मात्र निराशा रहेको देश नभएको बताए । ‘नेपाल मात्र त्यस्तो देश होइन जहाँ निराशा छ । निराशाको रेट कति छ ? कारक तत्व के हो ? भन्ने कुरामा चाहिँ फरक हुन सक्छ । नेपालको सन्दर्भमा रोजगारी, राजनीति नै रहेको विभिन्न अध्ययनले पनि देखाइरहेको छ उनले भने ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?