काठमाडौं । नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशन फागुन १६–१९ गतेसम्म भक्तपुरको सल्लाघारीमा हुने भएको छ । महाधिवेशनको पार्टी अध्यक्ष नारायणकाजी श्रेष्ठले उदघाटन गर्नेछन् ।
महाधिवेशन सुरु हुनुअघि शुक्रबार बिहान १० बजे नेमकिपाले भक्तपुरदेखि काठमाडौंसम्म ¥याली निकाल्ने भएको छ । सो ¥यालीपछि भक्तपुरको सल्लाघारीको खुला चौरमा आमसभा गर्ने भएको छ । आमसभालाई पार्टी अध्यक्ष बिजुक्छेसहित शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
चार दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने नेताहरूको भनाइ छ । पार्टी अध्यक्ष बिजुक्छेले अब आफू नेतृत्वमा बस्न नचाहेकाले दोस्रो पुस्तालाई पार्टी चलाउन सल्लाह दिएका छन् । तर नेमकिपा चलाउन सक्ने बिजुक्छेको उत्तराधिकारी अहिलेसम्म भेटिएको छैन । नेमकिपामा सुनिल प्रजापति र प्रेम सुवालबाहेक नाम सुनिएका अन्य नेता केही पनि छैनन् ।
प्रतिक्रिया