नेकपा एमाले गजुरी गाउँपालिका वडा नं.४को भेला सम्पन्न अध्यक्षमा झलक तामाङ चयन

  नेपाली सन्देश डट कम | १३ आश्विन २०७८, बुधबार ०७:१४

गजुरी/धादिङ
नेकपा एमाले गजुरी गाउँपालिका वडा नं.४को वडा स्तरीय भेला बुधबार सम्पन्न भएको छ।नेकपा एमाले गजुरी गाउँ संगठन कमिटीको ८ वटै वडामा भेला गरि संगठन निमार्ण गर्ने कार्ययोजना अनुसार सोमबार वडा नं.४को भेला भव्य उपस्थितिमा सम्पन्न भएको छ।भेलाबाट गजुरी -४ का झलक तामाङ अध्यक्ष रहने गरि २९ सदस्य वडा कमिटी गठन भएको छ। कमिटीको उपाध्यक्षमा ईन्द्रबहादुर अधिकारी र सचिवमा दुर्गा तामाङ चयन भएका छन् ।बल बहादुर तामाङको अध्यक्षतामा भएको भेलामा एमाले जिल्ला कमिटी सदस्य एवम् गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतको प्रमुख अातिथ्यतामा रहेको थियोे। गाउँ संगठन कमिटी अध्यक्ष माधव भण्डारी,वडा नं.१ अध्यक्ष राजकुमार पण्डित ,वडा नं.५ अध्यक्ष रामचन्द्र मिजार,सचिवालय सदस्य वसन्त दुवाडि,अरुण पराजुली,वडा कमिटी अध्यक्ष/सचिव भातृ संगठनका प्रमुख एवं प्रतिनिधि लगाएतको आतिथ्यता रहेको थियोे।भेलामा १५ जना माओबादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश भएको नेकपा एमाले गजुरीले जनाएको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?