एमाले गजुरी-१ को बरेछाप,सुन्दरगाउँ टाेल भेला सम्पन्न अध्यक्षमा कृष्ण मिजार चयन

  नेपाली सन्देश डट कम | ११ आश्विन २०७८, सोमबार १४:५७

गजुरी/धादिङ
धादिङको गजुरी गाउँपालिका वडा नं.१ को बरेछाप,सुन्दरगाउँमा नेकपा एमाले को टोल भेला सम्पन्न सोमबार सम्पन्न भएको छ।भेलाले कृष्ण बहादुर मिजारको अध्यक्षतामा ३१ सदस्यीय टोल कमिटी गठन गरेको छ।नेकपा एमाले गजुरीले वडा स्तरीय भेला सम्पन्न गर्दै टोल भेला सुरु गर्दै आएको नेकपा एमाले गजुरीले जनाएको छ।नेकपा एमाले वडा नं.१ को वडा कमिटी अध्यक्ष भद्रलाल मगरको अध्यक्षतामा भएको भेलामा,गजुरी गाउँपालिका अध्यक्ष एवम् एमाले जिल्ला कमिटी सदस्य राजेन्द्र बिक्रम बस्नेतको प्रमुख आतिथ्यता रहेको थियोे।कार्यक्रममा नेकपा एमाले गजुरी गाउँ संगठन कमिटी अध्यक्ष माधव भण्डारी,नेकपा एमाले गजुरी सचिवालय सदस्य वसन्त दुवाडि,नेकपा एमाले नेता एवं वडा नं.१ अध्यक्ष राजकुमार पण्डित, जिल्ला समन्वय समिति सदस्य साबित्रि सुनार,एमाले वडा नं.५ पाटि अध्यक्ष राजेन्द्र सुवेदी,एमाले वडा नं.८ पाटि अध्यक्ष रेशम बहादुर बस्नेत लगाएतको आतिथ्यता रहेको थियोे ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?