धादिङ असोज ८
नेपाली कांग्रेस धादिङको १३ वटै स्थानीय तहहरुमा शनिवार अधिवेशन सम्पन्न हुन गहिरहेको छ । कांग्रेस धादिङले दिएको जानकारी अनुसार धुनीबेसी नगरपालिकाको अधिवेशन नौविसे एग्रो रिसोर्टमा, नीलकण्ठ नगरपालिकाको अधिवेशन नीलकण्ठ माविमा हुनेछ ।
यस्तै थाक्रेको आठ किलोमा, गल्छीको गल्छी ८ छाँगेश्वर मन्दिरमा, गजुरीको आदर्श बहुमुखी क्याम्पसमा, बेनीघाट रोराङको चद्रोदय माविमा, सिद्धलेकको बुङ्चुङ सहकारी भवनमा हुनेछ । यसैगरी ज्वालामुखीको मिलन वाटिका वोर्डिङमा, नेत्रावती डवजोङको चौतारा माविमा, त्रिपुरासुन्दरीको सल्यानटार हात्तीसुँडे डिल, गंगाजमुनाको फुलखर्क, खनियावासको दार्खा, रुबीभ्यालीको सेर्तुङमा हुने बताईएको छ।
जिल्लाभरबाट कांग्रेसको २ हजार १८२ जना प्रतिनीधिहरु चुनिएका छन् । सबै भन्दा बढी नीलकण्ठ नगरपालिकाबाट १७८ जना महिला र ३१० जना पुरुष गरि ४८८ जना प्रतिनीधिहरु चुनिएका छन् । भने सबै भन्दा कम नेत्रावती डवजोङ गाउँपालिकाबाट ३१ महिला र ६२ पुरुष सहित ९३ जना चुनिएका छन् ।
यस्तै धुनीबेसी नगरपालिका १५७ जना, थाक्रे १८१ जना, गल्छी १३५ जना, गजुरी १३७ जना, बेनीघाट रोराङ १६३ जना, सिद्धलेक १३८, नीलकण्ठ ४८८ जना, ज्वालामुखी १९८ जना, त्रिपुरासुन्दरी १६०, नेत्रावती डवजोङ ९३, गंगाजमुना १२९ जना, खनियाबास ९८ जना, रुबीभ्याली १०५ जना रहेका छन् ।-धादिङ पाेष्ट
प्रतिक्रिया