काठमाडौं
नेपाल कम्युनिस्ट पाटि(नेकपा) एमाले का अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नायिका करिश्मा मानन्धरलाई फोन गरेका छन् । नायिका मानन्धरले सामाजिक सञ्जाल आफ्नो फेशबुकमार्फत अध्यक्ष ओलीले आफूलाई फोन गरेको जानकारी दिएकी छिन् ।
उनले फोनमा केपी शर्मा ओली भनेर आउँदा सुरुमा आफू छक्क परेको पनि उल्लेख गरेकी छिन् । उनले फोनमा ओलीको आवाज सुन्दा आफूलाई घर मुलिले छोराछोरीसँग बोलेजस्तो लागेको जनाएकी छिन् ।
फोनवार्तामा ओलीले करिश्मालाई परीक्षा कस्तो चल्दैछ भनेर सोधेको पनि उनले उल्लेख गरेकी छिन् । उनले ठूलो मान्छे भएर पनि आफूजस्तो सामान्य कलाकारलाई फोन गरेको भन्दै ओलीलाई धन्यवाद दिएकी छिन् । उनले ओलीलाई बुवा भनेर सम्बोधन गरेकी छिन् ।नायिका मानन्धर कक्षा १२ को परिक्षा दिदै छिन् ।
प्रतिक्रिया