अनेरास्ववियु थाक्रे गाउँपालिकाको भेला सम्पन्न अध्यक्षमा सविन नेपाल चयन

  नेपाली सन्देश डट कम | १ आश्विन २०७८, शुक्रबार ०३:१७

थाक्रे/धादिङ
नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन थाक्रे गाउँपालिकाको अध्यक्षमा सविन नेपाल चयन भएका छन् ।बिहीबार भएको गाउँपालिका स्तरीय भेलाले नेपालको अध्यक्षतामा ३३ सदस्यीय अनेरास्ववियु थाक्रे गाउपालिका स्तरीय कमिटी गठन गरिएको छ।कमिटीको उपाध्यक्षमा गरिमा सुनार,सचिव दिपेन्द्र खतिवडा ,सह-सचिवहरुमा विजया कोईराला,बिवेक तामाङ,अमृत तामाङ र कोषाध्यक्षमा श्री अधिकारी चयन भएका छन्। अनेरास्ववियु धादिङको सचिवालय सदस्य एवम् थाक्रे ईन्जार्ज मोहन लामाको अध्यक्षतामा भएको भेलामा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम् थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतिथ्यता रहेको थियोे,अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज सन्तोष राना क्षेत्रीको विशेष आतिथ्यता रहेको थियो। भेलाले महिला बिभागमा महिमा लामा र अनुशासन बिभागमा कृष्ण सुवेदी चयन गरेको थाक्रेबाट मोहन लामाले जानकारी दिनुभयो।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?