काठमाडौं
नेकपा एमालेको विधान महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने भएका छन् । शनिबार बसेको स्थायी कमिटी बैठकले यसअघि असोज ४ देखि ६ गतेलाई तय भएको विधान महाधिवेशन असोज १५ देखि १७ गतेलाई सार्दै महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको टुंगो लगाएको हो ।
को को हुन्छन् विधान महाधिवेशनमा सहभागी ? केन्द्रीय कमिटी र केन्द्रीय कमिटीका पदाधिकारीहरु सदस्यहरु । केन्द्रीय अनुशासन आयोग । केन्द्रीय लेखा परीक्षण आयोग । निर्वाचन आयोग । केन्द्रीय सल्लाहकार परिषद । जेष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी तथा सदस्यहरु । केन्द्रीय विभागबाट सचिव लगायत १५ जना । प्रदेश कमिटी र सो सरह मान्यता पाएका विशेष कमिटीका पदाधिकारी तथा सदस्यहरु । जिल्ला कमिटी र जिल्ला कमिटी सरह मान्यता पाएका सो कमिटीका पदाधिकारी तथा सदस्यहरु । भूगोलमा प्रत्येक जिल्लाबाट प्रतिनिधित्व हुनेगरी एक महिलासहित एक पुरुष सदस्य । जिल्लाको प्रतिनिधित्व हुनेगरी कम्तिमा एकजना दलित सदस्य । पार्टीका जनवर्गीय प्रत्येक संगठनको केन्द्रीय पदाधिकारीबाट १० जना । पार्टीका प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख । महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख र उपप्रमुख । यी बाहेक १० प्रतिशत छुटेकाहरू केन्द्रीय कमिटीले मनोनित गर्ने।
विधान महाधिवेशन सर्नुमा दस्तावेज तयारी गर्न समय अभाव भएको एमालेले जनाएको छ । त्यसका निम्ति असोज ३ र ४ गते स्थायी समिति बैठक बस्नेछ । असोज ३ र ४ गते बस्ने स्थायी कमिटी बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन पेश हुनेछन् । स्थायी समितिमा पेश भएका विभिन्न प्रतिवेदन असोज ८ र ९ गते बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ।
प्रतिक्रिया