जोखिममा रहेका बालबालिकाहरुको साहरा बन्दै प्रयास नेपाल धादिङ राष्ट्रिय बाल दिवसको अवसरमा प्रयास नेपाल द्वारा गजुरी,थाक्रे र धुनिबेशीका बालबालिकालाई सहयोग

  नेपाली सन्देश डट कम | २९ भाद्र २०७८, मंगलवार १४:१७

गजुरी/धादिङ
२९ भदौ २०७८
राष्ट्रिय बाल दिवश सामान्य अवस्था वा कोभिड महामारी :बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने मुल नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । मंगलबार बाल दिवसको अवसर पारेर धादिङको गजुरी गाउँपालिका वडा नं१चेपाङ किशोरी छात्रावासका बालिकाहरुलाई प्रयास नेपाल धादिङद्वारा बालिकाको लागि स्टेशनरी सहयोग गरिएको छ।

प्रयास नेपालद्वारा ठुलो नोट कपि ४ वटा,पेन्सिल १ प्याकेट,डड्पेन ६ वटा,डायरी १वटा ,ज्यामिट्रिक बक्स लगायत स्टेसनरी सामाग्री शिक्षा विकास तथा समन्वय ईकाइ धादिङ र गजुरी गाउँपालिका शिक्षा शाखासँगको समन्वयमा २२ जना किशोरीहरुलाई सहयोग प्रदान गरिएको प्रयास नेपाल धादिङका कार्य कारी निर्देशकले बताउनु भयो । यसैगरी गजुरी ३ ठाडोखोलाका बाबु मृत्यु भएका र अामाले दोस्रो बिवाह गरि गई पछि समस्या परेका ५ र ७ बर्षका बालकलाई बिद्यालय पोशाक ,व्याग जुत्ता मोजा सहित स्टेशनरी सामाग्री र पालनपोषण गर्ने हजुरबुबालाई खाद्य सामाग्री सहयोग गरिएको सुमित्रा चेपाङले जानकारी दिनु भयो ।
मंगलबार नै बाल अधिकार दिवसको अवसरमा प्रयास नेपाल धादिङले थाक्रे गापाका ३ जना र अभिभावक गुमाएका र धुनिबेसी नगरपालिका ईट्टा उद्योगमा जोखिम युक्त काममा रहेका परिवारका ३ जना गरि ६ जना बालबालिकाहरुलाई स्टेसनरी तथा ५ हजार बराबरको खाद्य सामग्री सहयोग गरिएको सामुदायिक सहजकर्ता गोबिन्द प्रसाद बिडारीले जानकारी दिनु भयो । नेपालले बालअधिकार सम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?