सरकार दुई तिहाइ भएका बेला जे गरे पनि हुन्छ भन्ने शैलीमा, वरिष्ठ उपाध्यक्ष पाण्डे

  नेपाली सन्देश डट कम | १८ माघ २०८१, शुक्रबार १४:१६

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उहाँले सरकारले बहुमतको दम्भमा अध्यादेश ल्याएको पनि चर्चा गरे। अध्यादेश ल्याउनु सरकारको अधिकार भए पनि यसले संसद्को भूमिका र राजनीतिक दलहरुको आन्तरिक लोकतन्त्र कमजोर बनाउने उनको भनाइ थियो।

सरकारले अध्यादेश ल्याउन पाउँदैन भन्ने होइन पाउँछ। तर केही दिनमा संसद् अधिवेशन सुरु हुँदैछ भन्ने जानीजानी अध्यादेश ल्याइएको छ उनले भने अध्यादेश ल्याउने प्रवृत्तिले सांसदलाई पार्टीभित्रै पनि कमजोर बनाउँछ। अध्यादेशमा छलफल गर्ने ठाउँ छैन, संशोधन आवश्यक छैन भन्ने शैलीमा सांसदहरुलाई डोर्‍याउँछ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?