सत्ता-पत्ता खेलिरहने बिद्रुप प्रणालीको बन्ध्याकरण भएको छ: प्रधानमन्त्री

  नेपाली सन्देश डट कम | १८ माघ २०८१, शुक्रबार १३:४८

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट आफूहरु  मुक्त भएको बताएका छन् ।

सङ्घीय संसद्, प्रतिनिधिसभाको पाँचौ अधिवेशन प्रारम्भका अवसरमा बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “गएको ६ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहो¥याउनु नपरेको एउटा सुखद् पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु– सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ ।’’ 

उनले जनता र संसद्को भरोसा र दृढताले भरिएको आत्मविश्वास लिएर आफूू सदनमा उपस्थित भएको सगौरव उल्लेख गरेेका छन्।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?