अखिल क्रान्तिकारी सिन्धुपाल्चोक जिल्ला अध्यक्षमा क्षितिज तामाङ

  नेपाली सन्देश डट कम | २८ भाद्र २०७८, सोमबार ०१:१५

सिन्धुपाल्चोक
नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) सिन्धुपाल्चोकको १९औं जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

१९औं जिल्ला सम्मेलनले क्षितिज तामाङको नेतृत्वमा ६१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा प्रविण चौलागाईं, हरी पौडेल, सृष्टि पौडेल र दिपक दनुवार चयन भएका हुन् । सचिवमा सुवाष गौतम, सहसचिवमा निश्चल संजेल, कोदोङ पार्खिन तामाङ, निराजन आचार्य, बिकेश तामाङ, प्रदिप पराजुली र कोषाध्यक्षमा राधा न्यौपाने चयन भएका छन् ।

जिल्ला अध्यक्ष मिलन लामाको अध्यक्षतामा भएको सम्मेलनमा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’को प्रमुख आतिथ्यता रहेको थियोे।सम्मेलनमा बागमती प्रदेशका सांसद एवम् पुर्व सामाजिक विकास मन्त्री युवराज दुलाल, नेकपा माओवादी केन्द्रका युवा नेता माधव सापकोटा लगाएतको आतिथ्यता रहेको सिन्धुपाल्चोकबाट अखिल (क्रान्तिकारी) का निवर्तमान अध्यक्ष मिलन लामाले जानकारी दिनुभयो।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?