‘बृहत एकता महाधिवेशन’ गर्न एनआरएनए संस्थाक चिरन्जीबी ढकालको आब्हान

  नेपाली सन्देश डट कम | १७ माघ २०८१, बिहीबार ०१:२२

काठमाण्डौं । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेषले एक निर्णयबाट मे महिनामा एकताका महाधिवेशनको मिति तय गरेर अघि बढ्न थाले पछि उनको निर्णयको सर्वत्र विरोध सुरु भएको छ ।

यसैबीच, गैरआवासीय नेपाली संघका संस्थापक सचिव चिरन्जीबी ढकालले बुधवार एक विज्ञप्ति जारी गर्दै उच्चस्तरिय समितिको संयोजक समेत रहेका घलेलाई लचिलो र संयम भएर अघि बढ्न सुझाव दिएका छन् ।

ढकालले विज्ञप्ति मार्फत, ‘पूर्वअध्यक्ष शेष घलेद्वारा एकता अधिवेशनको नाममा चालिएका कदमहरूलाई संस्थागत गर्नको लागि अत्यन्त लचिलो र संयम भएर संस्थाभित्र बृहत एकता कायम गर्न उच्च इच्छाशक्तिका साथ वर्तमान कार्यसमितिसंग वार्ता गरेर मात्र अघि बढ्न अनुरोध’ गरेका छन् ।

एकल निर्णयबाट अघि बढ्दा संस्थामा थप बिग्रह आउने भन्दै ढकालले विज्ञप्तिमा भने, ‘गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनले स्थापना गरेको बहुपदीय प्रणालीले गत चैत्र महिनाको सर्वोच्च अदालको फैसलाले खारेज गरि संघभित्र बृहत एकता कायम गर्न नेपालको सर्वोच्च अदालतले दिएको फैसलाको मर्म विपरित संघका पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा रहेको उच्चस्तरिय समितिमा भएका एक पक्षीय निर्णयले गैरआवासीय नेपाली संघभित्र थप विग्रह ल्याउने सुनिश्चित देखिएको छ ‘।

विज्ञप्तिमा ‘गत चैत्र महिनामा भएको सर्वोच्च अदालतको फैसलाको पूर्णपाठको अध्ययन गरि गत साउन महिनामा पुनः सर्वोच्च अदालतले दिएको दोस्रो फैसलाले डा. बद्री केसीले नेतृत्व गरेको गैरआवासीय नेपाली संघलाई पूर्णरुपका कार्यकारी अधिकार सहित पुरा अवधि काम गर्न दिएको अधिकारलाई खोसेर पुरानो फैसलालाई आधार बनाएर घलेले मे महिनाको लागि घोषणा गरेको अधिवेशन पूर्ण रुपमा अवैधानिक र एकता महाधिवेशनको भावना विपरित रहेको’ उल्लेख छ ।

‘यसबीचमा पूर्वअध्यक्ष शेष घलेद्वारा एकता अधिवेशनको नाममा चालिएका कदमहरूलाई संस्थागत गर्नको लागि अत्यन्त लचिलो र संयम भएर संस्थाभित्र बृहत एकता कायम गर्न उच्च इच्छाशक्तिका साथ वर्तमान कार्यसमितिसंग वार्ता गरेर मात्र अघि बढ्न विज्ञप्तिमा अनुरोध गरिएको छ ।’

विज्ञप्तिमा ‘गैरआवासीय नेपाली संघको विवादका सम्बन्धमा सर्वोच्च अदालतले दिएका दुवै फैसलालाई सम्मान गर्दै संस्थाभित्र बृहत एकताको वातावरण बने पछि मात्र एकताको महाधिवेशनको मिति तय गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछु ।’

‘संघको संरचना र विधानमा उल्लेखित प्रक्रियाहरूको पालना गर्दै, हालका अध्यक्ष डा. बद्री केसीलाई संस्थाको नेतृत्व गर्नको लागि समय र अवसर दिनु आवश्यक छ। यस निर्णयले संघको एकता र वैधानिकता बलियो बनाउनेछ र कुनै पनि पक्षको असहमतिलाई न्यायपूर्ण तरिकाले समाधान गर्न मद्दत पुर्याउने उल्लेख छ’ ।

ढकालले ‘गैरआवासीय नेपाली संघको भविष्यको स्थायित्वको लागि संस्थाभित्र बृहत एकता कायम गर्नको लागि आफ्नो तर्फबाट जुनसुकै सहयोग गर्न पनि तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै आम गैरआवासीय नेपाली संघका सदस्यहरुलाई बृहत एकताको पक्षमा उभिन आग्रह गरेका छन् ।’

यसअघि घलेको कार्यशैलीको आलोचना गर्दै गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष डा. उपेन्द्र महतो, जीवा लामिछाने, कुमार पन्त, भवन भट्ट, संस्थापक नेता रामप्रताप थापा लगायतले सोमवार आयोजना भएको अन्तरक्रिया कार्यक्रममा अनुपस्थित रहेका थिए ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?