अनेरास्ववियु ज्वालामुखी गाउँपालिकाको भेला सम्पन्न बिनोद सिलवाल अध्यक्षतामा ३६ सदस्यीय कमिटी गठन

  नेपाली सन्देश डट कम | २७ भाद्र २०७८, आईतवार १६:५३

ज्वालामुखी/धादिङ
नेकपा एमालेकोभातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा बिनोद सिलवाल चयन भएका छन्।आईतबार भएको  गाउँपालिका स्तरीय भेलाले सिलवालको अध्यक्षतामा ३६ सदस्यीय  अनेरास्ववियु ज्वालामुखी गाउपालिका स्तरीय कमिटी गठन गठन गरिएको छ।कमिटीको उपाध्यक्षमा  रामचन्द्र अधिकारी, सचिवमा  सुवास दुवाडी,सह–सचिव मा पशान्त रुवालि, दिपिका सिंखडा, हरि दुवाडी, कोषाध्यक्षमा मनोज खकुराल चयन भएका छन्। अनेरास्ववियु धादिङको सचिवालय सदस्य सिताराम तिवारीको अध्यक्षतामा भएको भेलामा अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज सन्तोष राना क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो।अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य सन्जय दुवाडी र नेकपा एमाले धादिङका युवा नेता हरि थापाको विशेष आतिथ्यता रहेको कार्यक्रममा अनेरास्ववियु धादिङका संयोजक भुवन श्रेष्ठ, सचिव रक्तिम रेग्मी,अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य जित प्रसाद सिटौला,अनेरास्ववियु धादिङका सदस्य बिनिता अधिकारीको आतिथ्यता रहेको थियो।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?