दक्षिण कोरियामा १७६ जना सवार विमानमा आगलागी

  नेपाली सन्देश डट कम | १६ माघ २०८१, बुधबार १०:३४

काठमाडौं । दक्षिण कोरियाको बुसानस्थित गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार राति यात्रुवाहक विमानमा आगलागी भएको छ ।

समाचार एजेन्सी योनहापका अनुसार विमानबाट मानिसलाई निकाल्ने क्रममा तीन जना घाइते भएका छन् । घाइतेहरुलाई सामान्य चोट लागेको छ ।

हङकङका लागि उड्न लागेको एयर बुसान विमानमा १६९ यात्रु र ७ जना चालक दलका सदस्य रहेको अधिकारीहरुले बताएका छन् । आगो लागेको जानकारी पाएलगत्तै उनीहरुलाई आकस्मिक मार्गबाट ​​बाहिर निकालिएको थियो । प्रारम्भिक जानकारी अनुसार विमानको पछाडिको भागमा आगो लागेको थियो । त्यसपछि बाँकी क्षेत्रमा आगो फैलियो ।

एक महिना भित्र दक्षिण कोरियामा यो दोस्रो विमान दुर्घटना हो। डिसेम्बर २९ मा बैंककबाट आउँदै गरेको जेजु एयरको विमान मुआन विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटनामा १८१ यात्रु र चालक दलका सदस्यमध्ये १७९ जनाको मृत्यु भएको थियो । चालक दलका दुई सदस्य मात्र बाँचेका थिए ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?